3rd Annual General Meeting

3rd Annual General Meeting


छलफलका बिषयहरुः

१। संचालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षज्यूको आ.व. २०७०।७१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२। आर्थिक बर्ष २०७०।७१ को लेखापरीक्षकको प्रतिवेदन सहित ३२ आषाढ २०७१ को वासलात, सोही मितिमा समाप्त बर्षको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गर्ने ।

३। संचालक समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७१।७२ को हिसाव किताव लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

४। विविध

साधारण सभा सम्बन्धी अन्य जानकारी

१। मिति २०७१ पौष १० देखि २०७१ पौष ३० गते सम्म कम्पनीको शेयर दाखिल खारेज किताव बन्द रहनेछ ।

२। शेयरधनी लगत कायम रहेको ठेगानामा शेयरधनी महानुभावहरुलाई साधारण सभाको सूचना तथा सभा सम्बन्धी जानकारी पठाइनेछ । सभामा भाग लिन आउनु हुने शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने कुनै कागजात सहित उपस्थित हुन अनुरोध छ ।

३। सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावहले सभाको दिन सभा हुन भन्दा पहिले नै उपस्थिति भई हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । हाजिरी पुस्तिका विहान ११ बजे देखि खुल्ला रहनेछ ।

४। सभामा भाग लिनको लागि प्रतिनिधि ( प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले आफ्नो सम्पूर्ण शेयरको एउटै प्रतिनिधि नियुक्त गरी प्रोक्सी फारम भरी सभा हुनु भन्दा कम्तीमा ७२ घण्टा अगाडी अर्थात मिति २०७१ साल पौष २७ गते १ बजे भित्र कम्पनीको रजिष्टर्ड कार्यालय जोरपाटीमा दर्ता गरी सक्नु पर्नेछ । कम्पनीका शेयरधनीहरुलाई मात्र प्रोक्सी नियुक्त गर्न सकिनेछ तथा एक भन्दा बढी व्यक्तिलाई शेयर विभाजन गरी वा अन्य कुनै किसिमबाट छुट्याएर दिएको प्रोक्सी बदर हुनेछ ।

५। सभामा भाग लिन प्रतिनिधि ( प्रोक्सी) नियुक्त गरी सकेपछि सम्बन्धित शेयरधनी आफै उपस्थित हुन वा प्रतिनिधि फेरवदल गर्न चाहेमा सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगाडी अर्थात मिति २०७१ साल पौष २८ गते १ बजे भित्र कम्पनीको रजिष्टर्ड कार्यालय जोरपाटीमा दर्ता गरी सक्नु पर्नेछ । उक्त दिन सार्वजनिक विदा परेको खण्डमा पनि उक्त प्रयोजनको निमित्त कार्यालय खुल्ला रहनेछ ।

६। नाबालक तथा विक्षिप्त शेयरधनीको तर्फबाट संरक्षकको रुपमा नाम दर्ता भएकोे व्यक्तिले सभामा भाग लिन तथा प्रोक्सी नियुक्त गर्न सक्नेछन् ।

७। संयुक्त रुपमा शेयरग्रहण गर्ने शेयरधनीहरुको हकमा शेयरधनीको लगत कितावमा पहिले नाम उल्लेख भएको व्यक्तिले वा संयुक्त नाम मध्येबाट सर्वसम्मतिमा नियुक्त कुनै एक जना शेयरधनीले वा सर्वसम्मतिबाट नियुक्त प्रोक्सीले मात्र सभामा भाग लिन र मतदान गर्न पाउनेछ । कम्पनीको हकमा आधिकारीक पत्र साथ उपस्थित हुनु पर्नेछ ।

८। विविध शीर्षकको सम्बन्धमा शेयरधनी महानुभावहरुले कुनै विषय उपर छलफल गर्न चाहनु भएमा सो विषयबारे सभा हुनु भन्दा ७ (सात) दिन अगावै कम्पनी सचिव मार्फत कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई लिखित जानकारी दिनु पर्नेछ ।

९। सुरक्षाको दृष्टिकोणले सभामा उपस्थित हुने शेयरधनी महानुभावहरुले यथासक्य झोला प्याकेट आदि नलिई आउनहुन अनुरोध छ । सुरक्षाकर्मीले सभा कक्षमा प्रवेश गर्नेको सुरक्षा जांच गर्न सक्ने हुदा सो कार्यमा सहयोग गरिदिन हुन समेत अनुरोध गरिन्छ ।


NAMI successfully completes its 3rd AGM at NAMI College, Jorpati-5, Kathmandu on 14th January 2015.


Ready to Enroll?

We are here to guide you through every step of the admissions process. If you have any questions or need assistance, please don't hesitate to reach out to our admission team.

Apply Now Download Brochure
up